दफा २८
प्रमाणित प्रतिको अभिलेख गरी सुरक्षित राखे
(१) नेपाल सरकारबाट स्वीकृत वा जारी भएका प्रत्यायोजित विधायनको प्रमाणित एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखी अन्य एक-एक प्रति सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयमा सुरक्षित राख्नु पर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारबाट प्रत्यायोजित विधायन स्वीकृत भएपछि त्यस सम्बन्धी निर्णय र प्रत्यायोजित विधायनको प्रमाणित प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत् तत् निकायमा पठाउनु पर्नेछ।
(३) नेपाल सरकारबाट स्वीकृत वा जारी भएका बाहेकका अन्य निकायबाट जारी भएका प्रत्यायोजित विधायनको प्रमाणित एक प्रति सम्बन्धित निकायले राखी एक प्रति कानून मन्त्रालयमा सुरक्षित राख्नु पर्नेछ।
(४) उपदफा (३) को प्रयोजनको लागि सम्बन्धित निकायले प्रत्यायोजित विधायन -स्वीकृत भई दफा २४ बमोजिम दर्ता नम्बर प्राप्त गरेपछि त्यस्तो प्रत्यायोजित विधायनको प्रामाणिक एक प्रति, त्यसको विद्युतीय प्रति र तत्सम्बन्धी निर्णयको प्रतिलिपि सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ।
(५) उपदफा (२) वां (४) बमोजिम प्राप्त प्रामाणिक प्रति कानून मन्त्रालयले- निर्धारण गरेको ढाँचामा सम्बन्धित मन्त्रालयले तयार गरी सुरक्षित रूपमा अभिलेख राख्नु पर्नेछ।
(६) यस दफा बमोजिम अभिलेख व्यवस्थापन गर्नको लागि सम्बन्धित मन्त्रालयको सचिवले वा सम्बन्धित निकायको प्रमुखले त्यस्तो मन्त्रालय वा निकायको कुनै महाशाखा वा शाखालाई अभिलेख राखे शाखाको रूपमा तोक्नु पर्नेछ।